
१२ बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ ।
कोरोनाका लक्षणहरु कम हुँदै गएको समेत अस्पतालले आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
कोरोना संक्रमणपछि पूर्वराजा परिवार शनिवार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस