मुख्य समाचार

दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

oxygen cylinder

१३ बैशाख, काठमाडौं । कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् ।

‘पहिले सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ ।’

उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्याउने गरेको छ । राजभण्डारीले दुई–तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१.५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्थ्यो भने दोस्रो लहरमा ५४.५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस