सुनचाँदी

सोमबार सुनचाँदीको मूल्य स्थिर

gold today price in nepal

१३ बैशाख, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रति तोला ९१ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला  ९० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । यता, चाँदीको मूल्यमा पनि गत आइतबारकै मूल्य १ हजार ३१० रुपैयाँ नै कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन चाँदीको मूल्यमा खासै उतारचढाव नआएकाले नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस