कर्पोरेट

इन्भेष्टमेन्ट बैंकद्वारा ‘एनआईबीएल समृद्धि फन्ड-२’ योजना संचालन

nibl fund

१३ बैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले “एनआईबीएल म्युचुअल फन्ड” अन्र्तगत संचालन हुने चौंथो योजनाको रुपमा ‘एनआईबीएल समृद्धि फन्ड-२’ याेजना संचालनमा ल्याएको छ । बैंकले यस बन्द मुखी योजना संचालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको जनाएको छ ।

यस योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ र अवधि १० बर्षको रहनेछ । प्रति इकाई मूल्य १० दरको १२ करोड इकाई मध्ये बीज पुँजी बापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्द्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुको लागी बिक्री खुला गरीने बैंकले जनाएको छ ।

यस योजनाको इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरूमा लगानी गरीने बैंकले जनाएको छ । सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई बार्षिक प्रतिफलको रुपमा वितरण गरीने यस योजनाको उद्देश्य रहेको र प्रभावकारी बार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरीएको पनि बैंकले जनाएको छ ।

नेपालको पुँजी बजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उद्देश्यले आफु कोष प्रवर्द्धक रहि साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फण्ड’ नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्द मुखी र एउटा खुला मुखी योजना संचालन गर्दै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस