मुख्य समाचार

दिल्लीमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा

arvind

१३ बैशाख, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै उनले चाँडोभन्दा चाँडो धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना रहेको बताए ।

प्रदेश सरकारले एक करोड ३४ लाख खोप खरिद गर्ने योजना स्वीकृत गरिसकेको उनले बताए । खोप लगाइसकेपछि कोरोनाका कारण कोरोनाका कुनै पनि बिरामीको स्वास्थ्य स्थिति गम्भीर नहुने उनको विश्वास छ । कोभिड–१९ खोपको तेस्रो चरणको अभियानका लागि २८ अप्रिलदेखि नाम दर्ता सुरु गर्ने र १ मेबाट १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने अभियान सुरु गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले खोपको मूल्यमा देखिएको असन्तुलनप्रति आपत्ति जनाए । उनले खोपको मूल्य सबैका लागि र सबै ठाउँमा समान हुनुपर्ने उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस