१३ बैशाख, काठमाडौं । कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारक्रममा मृत्यु भएको छ ।
महाकाली अस्पतालको कोभिड वार्डमा भेन्टिलेटरमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषको सोमबार बिहान ११ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी नारद भट्टले शनिबारमात्र अस्पतालमा भर्ना भएका पुरूषको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए । आइतबार राति महाकाली अस्पतालमै भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस