मुख्य समाचार

सरकारले दियो काठमाडौं छाड्न दुई दिन

cdo kathmandu

१३ बैशाख, काठमाडौं । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए ।

दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन गर्नेगरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बैठकले माथिल्लो निकायमा सिफारिस गरिएको पनि उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस