मुख्य समाचार

भीम रावलको आक्रोश: ओली गुटले सरकारी निर्णय मान्नु पर्दैन ?

bhim rawal

१३ बैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले कोभिड १९ संक्रमणमा सरकारले नै लापरवाही गरिरहेको आरोप लगाएका छन् । जनताका लागि नियम बनाउने अनि निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै नियमको उल्लंघन गरिरहेकोप्रति रावलले आक्रोश पोखेका छन् ।

बालुवाटारमा पार्टीका बैठक, धराहराको उद्घाटन, शिलान्यासहरुमा सयौंको भिडमा प्रधानमन्त्री ओलीले नै सहभागी भइरहेका बेला रावलले सोमबार ट्वीटरमार्फत प्रश्न उठाएका हुन् ।

‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो?’ रावलले प्रश्न गरेका छन्, ‘प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ?’

नियम नमान्नका लागि ओली गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भएन भनि प्रश्न समेत उनले गरेका छन् । कानूनका सामु सबै बराबर हुनुपर्ने उनको माग छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस