मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित

Tribhunvan University

१३ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ । यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो ।

tu notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *