
१३ बैशाख, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई खाली सिलिन्डर घरमा नराख्न आग्रह गरेको छ । कोरोना भाइरसको दाेस्रो लहर सुरु भएसँगै संघले उपभोक्तालाई खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको हो ।
ग्यासको मौज्दात बढाउन उपभोक्तालाई खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको नेपाल एलपी ग्यासको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । ‘उपभोक्ताले खाली सिलिन्डर भरेर राखे भने हामी पनि मौज्दात बढाउन सक्छौं,’ उनले भने, ‘बुलेट र भएका सिलिन्डर भरेर राख्छौं, ग्यासको अभाव चाहिँ हुदैँन ।’
सुरक्षा मापदण्ड अपनाएर ग्यास सहज रूपमा वितरण गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस