१३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा थप ३ हजार ४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
त्यस्तै, यो अवधिमा थप ३७८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस