१३ बैशाख, कपिलवस्तु । कपिलवस्तुमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।
शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोलका १८ महिने बालक अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
छतबाट खसेर गम्भीर घाइते भएका नाबालकको बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक बालकको शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस