अर्थनीति

निषेधाज्ञाको घोषणापछि बुद्ध एयरद्धारा थप उडानको घोषणा

buddha air

१३ बैशाख, काठमाडौं । सरकारले निषेधाज्ञाको संकेत गरेसँगै बुद्ध एयरले थप आफ्नो उडान संख्या बढाएको छ ।

सोमबार उपत्यका स्तरिय तीन जिल्लाका जिल्ला प्रमुख (सीडीओ) हरुको बैठकले आगामी बैशाख १६ गतेदेखि उपत्यका भित्रका सार्वजनिक यातायातका साधनसँगै निजी सवारी साधन र अत्यावश्यक खाद्यान्न र औषधि पसलहरु बाहेक सबै पसल, बजार समेत बन्द गर्ने निर्णय गरेसँगै बुद्ध एयरले आफ्नो साविकको गन्तव्यहरुमा उडान संख्या बढाउने निर्णय गरेको हो ।

संभावित निषेधाज्ञालाई ध्यानमा राख्दै उपत्यका छाड्ने यात्रुहरुलाई सुविधा पु¥याउने उद्देश्यले उडान थपेको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । ‘थोरै उडान हुँदा यात्रुलाई काठमाडौंबाट बाहिरिनका लागि असहज नहोस र कसैले टिकट नपाएकै कारणले जान नपाउने अवस्था नआओस भनेर यो निर्णय हामीले लिएका हौ’ कर्णले भने । एयरलाइन्सले हाल उडान गरिरहेका गन्तव्यमा दैनिक रुपमा उडान थप गरिएको र जान चाहने यात्रुहरुले अनलाइन माध्यम तथा ट्राभल एजेन्सी वा सिधै कार्यालयमा फोन गर्न बुद्धले आग्रह गरेको छ ।

९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गरिरहेको छ । बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस