लुम्बिनी प्रदेश

गुल्मीमा करेन्ट लागेर एक मजदूरको मृत्यु

death youth

१३ बैशाख, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक मजदूरको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका २ ताल्तुङमा सोमबार साँझ बिजुलीको काम गर्ने क्रममा इस्मा ५ का १९ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको हो । बिजुलीको पोलमा काम गरिरहेको बेला करेन्ट लागेका उनी पोलबाट तल खसेका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको गुल्मीका प्रहरी  प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पान्डेले जानकारी  दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस