मुख्य समाचार

निषेधाज्ञामा खाद्य सामग्रीका पसल बिहान १० र बेलुका ५ देखि ७ बजेसम्म खुल्ने

Supath pasal kailali

१३ बैशाख, काठमाडौं । वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य समाग्रीका पसलबाहेक अन्य सबै पसल बन्द रहने निर्णय गरेको छ ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र सञ्चालन गर्ने आदेशमा भनिएको छ ।

डिपार्डमेन्ट स्टोर विहान १० वजेदेखि बेलुका पाँच वजेसम्म सञ्चलन गर्ने आदेशमा उल्लेख छ । डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० वजे देखि बेलुका ५ वजेसम्म सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस