
१३ बैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो । देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने कडाइपूर्वक पालना गर्नुपर्ने मन्त्री ज्ञवालीले बताए । यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस