प्रदेश २

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

coronavirus

१४ बैशाख, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले जानकारी दिए ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो । वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए ।

केही दिनअघि परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *