सुनचाँदी

घट्यो सुनको मूल्य, महँगियो चाँदी

gold shop

१४ बैशाख, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य अरालो लागेको छ । सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा मंगलबार सामान्य मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *