कर्पोरेट

वल्डलिंक कम्युनिकेशन्स ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडियो

world link

१४ बैशाख, काठमाडौं । वल्डलिंक कम्युनिकेशन्स ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । सुपर लिग एपिवान टिभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

एपिवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् । वल्डलिंक कम्युनिकेशन्सका निर्देशक मनोज अग्रवालले यो टुर्नामेन्टले नेपालका युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने बताए ।

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुनेछन् । तर, दर्शकहरू हुँदैनन् । कोरोना महामारीका कारण एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको प्रत्यक्ष प्रसारण गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस