मुख्य समाचार

बुधबारदेखि नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

department of immigration nepal

१४ बैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइएको छ ।

अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो । विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै यो निर्णय गरेको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्नर विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४:०० बजेबाट लागू हुनेगरी रोक लगाइएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

transit notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *