मुख्य समाचार

निषेधाज्ञामा पनि सेयर बजार खुल्ने भएपछि ९२ अंकको उछाल

Nepal Stok exchange

१४ बैशाख, काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । सोमबार निषेधाज्ञाको हल्लाले आतिएका लगानीकर्तामा आश देखिएपछि मंगलबारको बजारमा बृद्धि देखिएको छ ।

बजार ९२.४६ अंकले बढेर २५९९.७ बिन्दुमा अडिएको छ । तर कारोबार रकम भने खुम्चिएको छ । मंगलबार ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबै समूहमा हरियाली छाएको छ ।

आज अपर तामाकोशीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४७ रुपैयाँ पुगेको छ । दोस्रो बढी कमाउनेमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४ हजार २ सय १५ रुपैयाँ रहेको छ ।

कारोबार रकमको आधारमा पनि अपर तामाकोशी हाइड्रोपावर नै अगाडि  छ । यसको २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा निफ्रा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस