मुख्य समाचार

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिस

CDO Office Rupandehi

१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

यसअघि रुपन्देहीमा स्थानीय तहका प्रतिनिधि, राजनीतिक दलहरु, उद्योगी–व्यवसायीसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालिएको थापाको भनाइ छ ।

निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने प्रशासन कार्यालयको तयारी छ । अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र निषेधाज्ञाको अवधिमा सञ्चालन अनुमति दिने गरी केन्द्रले निषेधाज्ञाको सिफारिस गरेको हो ।

रुपन्देहीमा मंगलबारदेखि नै सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस