
१४ बैशाख, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ मंगलबार नेप्सेमा सूचीकरण भएको छ ।
अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनेछ। ‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ।
यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस