मुख्य समाचार

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

driving license nepal

१४ वैशाख, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ ।

नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द हुने जानकारी दिएको छ ।

‘विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोडिभ १९ महामारीका कारण मिति २०७८/०१/१६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जारी गरेको सूचनामा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस