समाचार

परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु

bead body tag

१४ बैशाख, सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।

छत्रेश्‍वरी-१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस