
१४ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस