मुख्य समाचार

दाङमा वैशाख १७ गतेदेखि निषेधाज्ञा, खाद्यान्न पसल बिहान ७ देखि ८ बजेसम्म खुला

dang ghorahi

१४ बैशाख, दाङ । दाङमा वैशाख १७ गतेदेखि ९ दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथाम गर्नका लागि वैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । निषेधाज्ञाका क्रममा एम्बुलेन्स, प्रेस, सुरक्षा लगायत अत्यावश्यक सवारीसाधनबाहेक अन्य साधन सञ्चालन गर्न नपाइने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस