मुख्य समाचार

‘अक्सिजन सपोर्ट’मा राखेर हुँदैछ पूर्वराजा-रानीको उपचार

raja

१४ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ ।

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा दम्पतीलाई नै अक्सिजन सपोर्टमा राखिएको जनाएको हो । शाह दम्पती गत शनिबार दिउँसो एक बजे अस्पताल भर्ना भएका थिए ।

‘कोरोनाबाट संक्रमितहरूमा हुन सक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अस्पतालमै रहेकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई अक्सिजन सपोर्ट नदिइएको अस्पतालले जनाएको छ । उपचाररत् उनीहरूको अवस्था सामान्य र स्थिर रहेको चिकित्सकहरूले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस