कर्पोरेट

आइएमई पेबाट पनि एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

ime pay

१४ बैशाख, काठमाडौं । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पे वीच सम्झौता सम्पन्न भयो ।

सम्झौता अनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीलाई डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको बताए ।

त्यस्तै आइएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौता पश्चात सेवाग्राहीहरुलाई डीम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्वन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार  व्यक्त गरे ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *