१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको गति तिब्र रुपमा बढेपछि नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मंगलबारसम्ममा ११ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ ।
बर्दिया, बाग्लुङ, कालिकोट र बाग्लुङमा चाहिँ आंशिक निषेधाज्ञा जारि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।
कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुस् सूची
सि.नं |
जिल्ला/क्षेत्र |
समयावधि |
कैफियत |
१. |
काठमाडौं |
१६ गतेदेखि २२ गतेसम्म |
|
२. |
भक्तपुर |
१६ गतेदेखि २२ गतेसम्म |
|
३. |
ललितपुर |
१६ गतेदेखि २२ गतेसम्म |
|
४. |
बाँके |
१३ गतेदेखि २० गतेसम्म |
|
५. |
दाङ |
१७ गतेदेखि २५ गतेसम्म |
|
६. |
कैलाली |
१६ गतेदेखि २२ गतेसम्म |
|
७. |
रुपन्देही |
१६ गतेदेखि २९ गतेसम्म |
|
८. |
पर्सा |
१६ गतेदेखि २२ गतेसम्म |
|
९. |
कास्की |
१५ गतेदेखि २१ गतेसम्म |
जोर–विजोर |
१०. |
सुर्खेत |
१५ गतेदेखि २१ गतेसम्म |
|
११. |
बर्दिया |
१३ गतेदेखि २० गतेसम्म |
आंशिक निषेधाज्ञा |
१२. |
बाग्लुङ |
७ गतेदेखि १७ गतेसम्म |
बाग्लुङ नपाको ३ वडामा मात्र |
१३. |
कालिकोट |
१० गतेदेखि १७ गतेसम्म |
खाँडाचक्र नपा ११ मा मात्र |
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।