मुख्य समाचार

भारतको असममा शक्तिशाली भूकम्प, नेपालमा समेत धक्का

earthquake

१५ वैशाख, काठमाडौं । असममा बुधबार बिहान ६.४ तीब्रताको भूकम्प आयो । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार यो भूकम्प स्थानीय समयानुसार बिहान ७.५१ को हो । यसको केन्द्र सोनितपुर जिल्लामा थियो ।

यो भूकम्पले भारतको उत्तर पूर्वका साथै उत्तर बंगालका थुप्रै इलाकामा तीब्र झट्का महसुस गरियो । भारतमा आएको भूकम्प नेपालको पूर्वी भागमा समेत महसुस गरिएको त्यहाँका स्थानीयले बताएका छन् । भूकम्पका कारण गुवाहाटीसमेत थुप्रै स्थानमा पर्खाल भत्किएको र ठूलो चिरा परेको तस्बिर सार्वजनिक भएका छन् ।

हालसम्म मानवीय क्षतीको खबर प्राप्त छैन । असमका मुख्यमन्त्री सर्बानन्द सोनोवलले मानिसहरुको सुरक्षाको प्रार्थना गर्दै सबैलाई सतर्क रहन अपिल गरिरहेका छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्रीसँग कुरा गरेर केन्द्र सरकारको तर्फबाट हरसम्भव मद्दतको विश्वास दिलाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस