मुख्य समाचार

भारतमा दाह संस्कारका लागि ठाउँको अभाव, पार्कमै जलाउन थालियो शव

sab

१५ वैशाख, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण मृत्यु हुने मानिसहरको दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ ।

शवको चाप बढेपछि पछिल्ला दिनमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ । महामारीको दोस्रो लहर बढेसँगै मृतकको संख्या पनि लगातार बढ्दै गएको छ । सोमबार दिल्लीमा मात्र ३६० जनाको मृत्यु भएको छ ।

मेडिकल अक्सिजन, इन्टेसिभ केयर युनिट बेड र जीवन रक्षक औषधिको आपूर्तिले धान्न सकिरहेको छैन । केही दिन यता भारतमा संक्रमणको १० लाखभन्दा बढी मामिला प्रकाशमा आएको छ ।

सोमबारको तथ्यांकको तुलनामा मंगलबार नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ । सोमबार तीन लाख ५२ हजार ९९१ नयाँ संक्रमित थपिएका थिए भने मंगलबार यो संख्या तीन लाख २३ हजार १४४ रह्यो ।

यसका साथै भारतमा एक करोड ७० लाख जना अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यो महामारीले भारतमा एक लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस