सुनचाँदी

निषेधाज्ञा अवधिभर सुनचाँदी व्यवसायी महासंघका सबै गतिविधि बन्द हुने

gold

१५ वैशाख, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ ।

महासंघले बुधबार एक सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो ।

यद्यपि, सो समयमा कार्यालय बन्द रहेतापनि महासंघबाट जारी हुने दैनिक सुनचाँदीको दरभाउ प्रकाशन भने नरोकिने महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस