मुख्य समाचार

श्रीलंकामा सार्वजनिक स्थलमा बुर्का लगाउन नपाइने

burqa

१५ वैशाख, काठमाडौं । श्रीलंकाको मन्त्रिपरिषद्ले सार्वजनिक स्थानमा बुर्का लगाउने नपाइने प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकाले सो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले मंगलबार आफ्नो फेसबुकमार्फत् क्याबिनेटले सार्वजनिक स्थलमा अनुहार ढाक्न लगाइने कपडा तथा बुर्कालाई प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको जानकारी दिए ।

यो निर्णय संसदले पारित गरेपछि कानून बन्नेछ । बहुमतको सरकार भएको हुँदा यो प्रस्ताव सहजै पारित हुने छ । मन्त्री वीरासेकाराले बुर्कालाई धार्मिक अतिवादको चिन्ह भएको बताएका छन् । यसलाई प्रतिबन्ध लगाएसँगै राष्ट्रिय सुरक्षामा सुधार आउने उनको भनाइ छ ।

श्रीलंकाले सन् २०१९ मा अस्थायी रूपमा बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *