
१५ वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलव ७९ अंकले घटेको छ ।
सो अंकको कमीसँगै नेप्से परिसूचक २५८५ अंकमा कायम भएको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । मंगलबार हिजो ५ अर्ब बढीको कारोबार भएकोमा यस दिन ३ अर्ब ९८ करोड रुपैयाँको मात्रै सेयर किनबेच भयो ।
समूहगत रुपमा हेर्दा बैंकिङ १४, होटल तथा पर्यटन १९, विकास बैंक २४, जलविद्युत १८, फाइनान्स १५, निर्जीवन बीमा १०४, माइक्रोफाइनान्स ४६, जीवन बीमा १४९ अंकले घटेका छन् ।
ब्यापार ९, उत्पादन ५४ र अन्य समूह १७ अंकले बढेका छन् । समग्र बजार घटे पनि ३ कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत मूल्य कमाएका छन् । सिंगटी हाइड्रो, महिला लघुवित्त र बिशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।
प्रतिक्रिया दिनुहोस