१५ वैशाख, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस