
१५ वैशाख, काठमाडौं । अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालकै ठुलो रिटेल चेन स्टोर साथीमार्टले निशेधाज्ञाको समयमा अनलाइन अर्डर लिएर नि:शुल्क डेलिभरी गर्ने भएको छ ।
अनलाइन शपिङ गर्न साथीमार्टको आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। कम्पनीले हाल वेबसाइटको ‘बेटा भर्सन’ सार्वजनिक गरेको हो ।
अर्डर गरेको २४ घन्टा भित्र डेलिभरी दिइने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।
अनलाइन शपिङमा ३३ प्रतिशत सम्म छुटको प्रदान गरिने पोख्रेलले बताए । तत्काल काठमाडौ उपत्यकामा मात्र लागू गरिएको अनलाइन अर्डर छिट्टै देशभर सन्चालन गरिने बताइएको छ ।
निशेधाज्ञाको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अनलाइन सपिङलाई जोड दिइएको पोख्रेलको भनाइ छ । साथै सम्बन्धित निकायले तोकेको समयमा स्वास्थ्य सुरक्षाको प्रावधानलाई पालना गरेर मार्टहरु सन्चालन हुने बताइएको छ ।