
१५ वैशाख, काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । बुधवार अपराह्न ४ बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन् ।
वाग्मती प्रदेशका मुख्यन्त्री डोरमणी पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरु तथा राज्य मन्त्रीले आजै पदभार सम्हाल्ने जनाइएको छ ।
गत पुस १० गते मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी नभएको र जनभावनाअनुसार काम गर्न नसकेको भन्दै तत्कालीन नेकपाका ४५ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सोही दिन तत्कालीन नेकपाका ३ जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका थिए ।