१५ वैशाख, राजविराज । सप्तरीमा एक किशोरको मोबाइल चार्जमा लगाइ फोन गर्ने क्रममा मृत्यु भएको छ । सप्तरीको सुरूङ्गा नगरपालिका-१ को तेतरिया बस्ने १६ वर्षीय रामु सदाईको बुधबार दिउँसो पौने २ बजे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घरमा मोबाइल चार्जमा राखी फोन गर्ने क्रममा बायाँ हातको औंलामा करेन्ट लागि सदाय घाइते भएका थिए । उपचारको लागि अस्पताल लैजाँदै गर्दा सदायको बाटोमै मृत्यु भएको सप्तरीका डीएसपी एवम् सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताए ।
मृतकको शव सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस