
१५ वैशाख, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकाका तीनै सहरमा निषेधाज्ञाकाे बेला पनि पेट्रोलियम पदार्थ यथास्थितिमै वितरण हुने बताएको छ ।
नेपाल आयाल निगमले बुधबार एक सूचना जारी गर्दै बागमती प्रदेश थानकोट कार्यालयसहित उपत्यका भित्रका निगमका आधिकारिक पम्पहरू खुल्ला रहने जानकारी दिएको हो ।
‘निषेधाज्ञाको समयमा समेत पेट्रोलियम पदार्थ सहज र सरल रूपमा विक्री वितरण गर्न निगमका तीनै जिल्लामा रहेका आधिकारिक विक्रेताहरू (पेट्रोल पम्प) पनि खुल्ला नै रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनको लागि निगमको बागमति प्रादेशिक कार्यालय, थानकोट खुल्ला नै रहने जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस