समाचार

तनहुँमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

bike accident

१५ वैशाख, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज साँझ स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दमौलीबाट जाँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिदा ऋषिङ–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको हो ।

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा सोही ठाउँ बस्ने ३७ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन् ।

निजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस