मुख्य समाचार

आजबाट खाद्य सामग्री पसल बिहान र साँझ मात्र खोल्न पाउने

dal pasal

१६ वैशाख, काठमाडौं । आजबाट २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ । न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न भनिएको छ ।

यस्तै डिपार्टमेन्ट स्टोर बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ । डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दूरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न प्रशासनको आदेश छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *