
१६ वैशाख, सल्यान । सल्यानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममामृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका उनी होम आइशोलेसनमा बसेका थिए । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले भने, ‘गएराति श्वासप्रस्वासमा समस्या भएपछि राति करिब सवा ८ बजे अस्पतालमा ल्याएको थिए । हामीले अक्सिजन दिँदादिँदै उनको मृत्यु भयो ।’
उनीसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका निवासी दुई जना पुरुषको ज्यान गइसकेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस