कर्पोरेट

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो फलफूल तरकारी तथा अत्यावश्यक बस्तुको नि:शुल्क डेलिभरी

Gyapu online

१६ वैशाख, काठमाडौं । लोकप्रिय नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको नि:शुल्क होम डेलिभरी सुरु गरेको छ ।

‘यो महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक बस्तुको होम डेलिभरी सुरु गरिएको हो ।’ ग्यापुका सँस्थापक ज्ञानेन्द्र खड्का थप्छन् ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौँ ।

काठमाडौ उपत्यकामा २४ घण्टा भित्र नि:शुल्क होम डेलिभरी गरिने खड्काले बताए । एक बर्ष अगाडी लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मुल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समय मै उपभोक्ताको मन जितेको थियो ।

‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं ।’ खड्का भन्छन् ‘फेरि हामिलाई उपभोक्ताको अफ्ट्यारोमा सहयोग गर्ने मौका जुरेको छ ।’ ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस