मुख्य समाचार

बढ्दै कोरोना ग्राफ : पछिल्लाे २४ घण्टामा झण्डै ५ हजार जनामा संक्रमण पुष्टि

jageshwor

१६ वैशाख, काठमाडौं । देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *