मुख्य समाचार

कोरोना महामारीविरुद्ध लडिरहेको भारतलाई चीनले लेख्यो पत्र (पत्रसहित)

china and india

१६ वैशाख, काठमाडौं । चीनले कोरोना महामारीका विरुद्ध लड्न भारतलाई पूर्णरुपमा साथ दिने बताएको छ । बिहीबार चिनियाँ विदेशमन्त्री वाङ वीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्राचार गर्दै कोरोना महामारीका विरुद्ध लड्न चीन भारतको साथमा रहेको आश्वासन दिएका हुन् ।

चिनियाँ विदेशमन्त्रीले महामारीसँग लड्न चीनमा निर्माण भएका स्वास्थ्य सामाग्रीहरु दू्रत रुपमा भारतमा पठाउने तयारी गरिएको समेत बताएका छन् । उनले भनेका छन्, ‘महामारीसँग लड्न चीनमा बनेका सामानहरु द्रुत गतिमा भारत पठाईंदैछ ।’

कोरोना भाइरस मानवताका लागि खतरा भएको र यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायको समन्वयमा काम गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ । यसअघि चीनका लागि भारतका राजदूत सन वीडोङले चीनले भारतका लागि कम्तिमा २५ हजार अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरिरहेको जनाएका थिए ।

india china letter

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस