मुख्य समाचार

थप अक्सिजन सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने सुझाव

oxygen cylinder

१७ वैशाख, काठमाडौं । कोरोना  सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप  सिलिन्डर ल्याउन एयर लिफ्ट’  गर्नुपर्ने उत्पादकहरूको भनाइ छ । अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि  त्यसलाई भर्न आवश्यक  सिलिन्डर भने अब अभाव  हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा  समस्या पर्ने भएकाले  यसमा  सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । यो समाचार आजकोगोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *