मुख्य समाचार

यस्तो छ संसारकै लामो झोलुंगे पुल (तस्बिरहरू)

longest bridge

१७ वैशाख, काठमाडौं । पोर्चुगलमा संसारकै लामो झोलुंगे पुल सर्वसाधारणका लागि खुला गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उत्तरी पोर्चुगलको अरौका जिओपार्कमा बनेको उक्त पुल ५ सय १६ मिटर लामो छ भने पैभा नदीको सतहभन्दा १७५ मिटरमाथि बनेको छ ।

पुलको औपचारिक उद्घाटन आइतबारमात्रै हुने भए पनि बिहीबारदेखि स्थानीय सर्वसाधारणलाई पुलबाट आवातजावत गर्न दिइएको हो । २८ लाख अमेरिकी डलर खर्चेर दुई वर्षमा निर्माण सकिएको उक्त पुलले अरौकाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि स्वीट्जरल्यान्डको  ४९४ मिटर लामो झोलुंगे पुललाई संसारकै लामो झोलुंगे पुल मानिन्थ्यो ।

longest bridge1

longest bridge2

longest bridge3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस