
१७ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो ।
उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमि देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो। आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।
तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस