मुख्य समाचार

सीईडीबी हाइड्रोपावरको डेभलपमेन्टको आईपीओ बिक्री खुल्यो, कस्तो छ कम्पनीको अवस्था ?

ipo

१७ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा सर्वसाधारणले २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा आवेदन दिन पाउँनेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सीईडीबीको यस आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ । कम्पनीले  २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीईडीबीको यस आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आइएसपीको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आईपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीईडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी (आईएस)’ इस्युअर रेटिङ प्रदान गरेको छ ।

सीईडीबी हाइड्रोपावरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात २५ लाख १८ हजार २ सय ३० कित्तासम्म नै आवेदन दिन पाउने व्यवस्था गरेको छ । तर पछिल्लो समय आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक रहेको छ । अधिकांश आईपीओहरु गोला प्रथामार्फत बाँडफाँट हुँदै आएका छन । लगानीकर्ताले सेयर पाउन भाग्यमै भर पर्नुपरेको अवस्था छ । आईपीओमा औसतमा १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिँदै आएका छन । यसकारण लगानीकर्ताले यस आईपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस